
काठमाडाँै, ४ मङ्सिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हँुदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’
मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल