
काठमाडाँै, ४ मङ्सिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हँुदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’
मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह