काठमाडौँ, ३ मङ्सिर । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको १३औँ महाधिवेशनलाई लक्षित गरी नीति तथा कार्यक्रमको खाका बनाउन प्रतिष्ठानका विषयगत समितिलाई क्रियाशील बनाउने भएको छ ।
आगामी महाधिवेशनमा प्रस्तुत हुने पार्टीको राजनीतिक, आर्थिक, सामाजिक, जलस्रोत, कृषि, वैदेशिकलगायत विभिन्न विषयमा नीतिगत आधार तय गर्न प्रतिष्ठानका सबै विषयगत समितिलाई क्रियाशील बनाउने भएको हो ।
प्रतिष्ठानका प्रमुख एवम् कार्यबाहक सभापति रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको बैठकले नेपालको संविधानका मूलभूत विशेषताबारे आमजनतामा जानकारी गराउँदै मुलुकको वर्तमान सङ्कट र निकासका उपायबारे पनि देशका विभिन्न भागमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठानका निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यका अनुसार संविधानका विशेषताबारे आम जनतामा जानकारी गराउँदै मुलुकमा हाल देखिएका समस्या समाधानको उपायबारे देशका विभिन्न सात भागमा अभिमुखीकरण कार्यक्रम गरिने बताए । नेता आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रमको ठाउँ भने पछि तय गरिनेछ ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यसअघि पार्टीको महाधिवेशन एवम् महासमिति सदस्य, जिल्लाका सभापति, सचिव, नगर सभापतिलाई विभिन्न समय र ठाउँमा प्रशिक्षण कार्यक्रम दिएको थियो ।
पार्टी सङ्गठन विस्तार, पार्टीको सिद्धान्त र राजनीतिक एवम् समसामयिक विषयमा पटक पटक प्रशिक्षका प्रशिक्षण कार्यक्रम पनि चलाएको थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह