काठमाडौँ, ३ मङ्सिर । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको १३औँ महाधिवेशनलाई लक्षित गरी नीति तथा कार्यक्रमको खाका बनाउन प्रतिष्ठानका विषयगत समितिलाई क्रियाशील बनाउने भएको छ ।
आगामी महाधिवेशनमा प्रस्तुत हुने पार्टीको राजनीतिक, आर्थिक, सामाजिक, जलस्रोत, कृषि, वैदेशिकलगायत विभिन्न विषयमा नीतिगत आधार तय गर्न प्रतिष्ठानका सबै विषयगत समितिलाई क्रियाशील बनाउने भएको हो ।
प्रतिष्ठानका प्रमुख एवम् कार्यबाहक सभापति रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको बैठकले नेपालको संविधानका मूलभूत विशेषताबारे आमजनतामा जानकारी गराउँदै मुलुकको वर्तमान सङ्कट र निकासका उपायबारे पनि देशका विभिन्न भागमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठानका निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यका अनुसार संविधानका विशेषताबारे आम जनतामा जानकारी गराउँदै मुलुकमा हाल देखिएका समस्या समाधानको उपायबारे देशका विभिन्न सात भागमा अभिमुखीकरण कार्यक्रम गरिने बताए । नेता आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रमको ठाउँ भने पछि तय गरिनेछ ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यसअघि पार्टीको महाधिवेशन एवम् महासमिति सदस्य, जिल्लाका सभापति, सचिव, नगर सभापतिलाई विभिन्न समय र ठाउँमा प्रशिक्षण कार्यक्रम दिएको थियो ।
पार्टी सङ्गठन विस्तार, पार्टीको सिद्धान्त र राजनीतिक एवम् समसामयिक विषयमा पटक पटक प्रशिक्षका प्रशिक्षण कार्यक्रम पनि चलाएको थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता