
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सहभागी नेताहरु । तस्बिरः सिबी अधिकारी, रासस
काठमाडौँ, ३ मङ्सिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकपछि मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम दलितलगायतका समुदायको मागप्रति सरकार र प्रतिपक्षीदल गम्भीर नभएको भन्दै अधिकार प्राप्ति नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । उनले इन्धन र ग्यासको कालोबजारी बढेको र जनताले दुःख पाइरहेको अवस्थामा पनि आफूहरूको मागप्रति कुनै सुनुवाइ नभएको भन्दै वार्ताबाट समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि ठोस प्रस्तावका साथ आउन सरकार र प्रमुख दललाई आग्रह गरिएको उल्लेख गरे ।
मोर्चाले बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
मोर्चाको बैठकले विद्यालय÷क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै विद्यालय र क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार