
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सहभागी नेताहरु । तस्बिरः सिबी अधिकारी, रासस
काठमाडौँ, ३ मङ्सिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकपछि मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम दलितलगायतका समुदायको मागप्रति सरकार र प्रतिपक्षीदल गम्भीर नभएको भन्दै अधिकार प्राप्ति नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । उनले इन्धन र ग्यासको कालोबजारी बढेको र जनताले दुःख पाइरहेको अवस्थामा पनि आफूहरूको मागप्रति कुनै सुनुवाइ नभएको भन्दै वार्ताबाट समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि ठोस प्रस्तावका साथ आउन सरकार र प्रमुख दललाई आग्रह गरिएको उल्लेख गरे ।
मोर्चाले बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
मोर्चाको बैठकले विद्यालय÷क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै विद्यालय र क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न