काठमाडौँ, २ मङ्सिर । नेपाल आयल निगमले इन्धनको समानुपातिक बिक्री वितरण पारदर्शीरुपमा सञ्चालन गरेको दाबी गरेको छ ।
निगमबाट उपलब्ध हुने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको बिक्री वितरणमा कुनै पनि समस्या नरहेकाले पारदर्शीरुपमा बिक्री तथा वितरण भएको जनाएको हो ।
निगमका नायब कार्यकारी अधिकृत सुशील भट्टराईले आज रासससँग कुरा गर्दै निगमले बजारमा पठाएको इन्धन वितरणमा कुनै पनि समस्या नरहेको दाबी गरे ।
उनले निगम थोक विक्रेता भएकाले पेट्रोल पम्प र अन्य क्षेत्रमा आएका इन्धनको वितरणबारे निगमलाई जानकारी नभएको स्पष्ट पारेका छन् ।
उनले भने, “बजारमा भइरहेका खुद्रा व्यापारका विषयमा निगम जिम्मेवार छैन, यदि पम्पले बदमासी गरेका छन् भने तीनलाई तुरुन्त कारबाही हुन्छ ।”
सरकारले कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरेर जो कसैलाई पनि इन्धन आयात गरेर बिक्री गर्ने अधिकारको दुरुपयोग गर्दै केही व्यक्ति तथा विक्रेताले कालोबजारी गरेको बुझिएको छ ।
इन्धनमा आपूर्तिमा आउने कठिनाइलाई दीर्घकालीनरुपमा समाधान गर्न भारतको सरकारी आयल निगमका साथै त्यहाँका निजी कम्पनी र अन्य देशसँग इन्धन कारोबारको ढोका खोल्नुपर्ने कार्यकारी अधिकृत भट्टराईको भनाइ छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता