
क्यालिफोर्निया(अमेरिका) २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् ।
मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।
दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले स राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।
विनाशकारी भूकम्पमा उद्धार गर्नुभएका र नाकाबन्दीका बेला केही समय नेपालमा नै रहेका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको जानकारी दिए ।
नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले प्रेसविज्ञप्ति जारी गरेको छ भने आफ्नो वेबपेज र फेसबुकमा समेत विरोध जनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार