
विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो ।
आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ । सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन ।
पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ । कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने गरेको थियो । अन्य नाकाबाट जति परिमाणका इन्धन आए पनि त्यसले मुलुकको कूल मागलाई सम्बोधन गर्न सक्दैन ।
सामान्य अवस्थामा निगमको थानकोट डिपोले पाँच लाख ५० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोल दैनिक बिक्री गर्दै आएको थियो । तर पछिल्लो अवस्थामा इन्धन आयात नै कम भएपछि सो डिपोबाट आधा परिमाण पनि बिक्री गर्न नसकिएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले राससलाई जानकारी दिनुभयो ।
सो डिपोले चीनबाट अनुदानमा ल्याइएको पेट्रोलसमेत गरी गत कात्तिक महिनामा दैनिक औसत दुई लाख २९ हजार लिटर डिजेल र ७० लिटर पेट्रोल बिक्री गरेको थियो । गत कात्तिकमा ७२ लाख ७२० लिटर डिजेल, ६८ लाख ५८ हजार पेट्रोल बिक्री गरेको डिपो प्रमुख शर्माले बताउनुभयो ।
उहाँका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोलमध्ये यही मङ्सिर ४ गतेसम्म ल्याइसक्ने निगमको तयारी छ । हालसम्म सात लाख लिटर पेट्रोल ल्याइसकिएको र बाँकी रहेको छ लाख लिटर आयात गर्न बाँकी छ ।
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ