काठमाडौँ, १ मङ्सिर । छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कमलपोखरी पुगी छुट्टाछुट्टै पूजाअर्चना गरेका छन् ।
सो अवसरमा उनीहरूले कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गरेका थिए ।
पूजाका लागि उनीहरू त्यहाँ पुग्दा स्थानीय र भक्तजनले ताली बजाएर स्वागत गरेका थिए ।
सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठको अवसरमा कमलपोखरीमा सरसफाइका साथै ध्वजापताका र झिलीमिली बत्तीले सिङ्गारिएको थियो ।
उनीहरूले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको पोखरी किनाराको अवलोकनसमेत गरे ।
छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाईका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा सुरु गरेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता