दैलेख, १ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता माधवकुमार नेपालले सीमाङ्कन हेरफेर नहुने बताएका छन् ।
पे्रस चौतारी दैलेखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सिङ्गो तराई एक प्रदेश हुनै नसक्ने भन्दै आन्दोलनरत मधेशवादी दललाई लचिलो भएर राजनीतिक सहमति र संवैधानिक प्रक्रियामा आएर समाधान खोज्न आग्रह गरे ।
वर्तमान सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्न अझ गम्भीर हुनुपर्ने बताउँदै नेता नेपालले मधेसमा संविधानबारे अफवाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेसी जनतालाई अध्ययन गर्न दिनुपर्ने सुझाव दिए ।
उनले नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको बताउँदै सरकारले नाकाबन्दीको वैकल्पिक व्यवस्था गरेकाले धैर्य हुन जनतालाई आग्रह समेत गरेका छन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?