काठमाडौँ, १ मङ्सिर । तराई मधेसमा आन्दोलनरत मधेसवादी दलसँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग अनौपचारिक छलफलपछि आएका विचार र भावनालाई समेटेर भोलि निर्णायक वार्ता गर्ने तयारी गरिएको हो ।
सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरू सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले आज पनि अनौपचारिक परामर्श गरेका छन् ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरूमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताए ।
अध्यक्ष दाहालले आज पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गर्नुभएको बताइएको छ ।
‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्, समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ’’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भने ।
सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपछि उनले सक्रियता बढाएका हुन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?