
छठको अवसरमा काठमाडौँको कमलपोखरीमा मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी संग तस्विर खिचाउदै व्यापारी विनोद चौधरी,राजेन्द्र खेतान लगायत आयोजकहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, १ मङ्सिर । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा पुगी पूजाअर्चना गरिन् ।
राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठी मैय्याको मूर्तिमा पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ भएको थियो । त्यसपछि गौरीघाट परिसरमा अवस्थित सो मूर्तिमा दर्शन तथा पूजा गर्ने भक्तालुको घुइँचो लागेको थियो । राष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरिन् । राष्ट्रपतिलाई सो क्षेत्रमा स्थानीयले पुष्पगुच्छाले स्वागत गर्नुका साथै बटुकहरूले स्वस्तिवाचन गरेका थिए ।
छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझँै सजाइएको छ । छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाइका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा सुरु गरेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने