
ललितपुर, १ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपालले पारबहन सुविधा पाउनुपर्ने बताउनुभएको छ ।
काँग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा आज छठ पर्वका अवसरमा गरिएको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतले नेपालमा गरेको नाकाबन्दी गलत छ भन्नुभयो । उहाँले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहन सुविधालाई कहीँकतैबाट रोक्न नमिल्ने बताउँदै भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मधेसकेन्द्रित राजनीतिक दलले आफ्नो माग संसद्बाटै लिनुपर्नेमा संविधानसभा छाडेर सडक आन्दोलनमा जानु गल्ती भएको बताउनुभयो ।
काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले इन्धन अभावका कारण जनताले सास्ती व्यहोर्नु परेकाले समाधानका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । सांसद एवम् काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीका कार्यकर्ता संवेदनशील भएर समाजको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता