
काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले जारी वार्तालाई सार्थक निष्कर्षमा पु¥याउन वार्ता र सम्वादका माध्यमबाट अगाडि बढ्न आन्दोलनरत पक्षलाई आह्वान गर्नुभयो ।
संविधान गतिशील दस्तावेज भएकाले सुधार र विकास गर्न सकिने थुप्रै आधारहरु रहेका छन् भन्दै प्रधानमन्त्री ओलीले जायज माग र जनताको भावनाअनुसार अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।
विगतका क्रान्ति र जनआन्दोलनका उपलब्धि नयाँ संविधानले संस्थागत गरेको अन्तरवस्तुका हिसाबले नेपालको संविधान अन्तर्राष्ट्रियस्तरमा समेत उल्लेखनीय र लोकतान्त्रिक भएको उहाँले बताउनुभयो ।
शान्ति प्रक्रिया पूरा भएको, एक दशक लामो सङ्क्रमणकाल अन्त्य भएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “नयाँ संविधानले सबै नेपालीका लागि समान अवसर प्रत्याभूत गरेको छ, सबै जाति, भाषा, लिङ्ग र क्षेत्रको अधिकार सुनिश्चित गरेको छ ।”
संविधान जारी गर्दा अमानवीय नाकाबन्दी बेहोर्नुपर्ला भन्ने आफूलाई नलागेको स्पष्ट पार्दै उहाँले विगत डेढ महिनादेखि अकल्पनीय पीडा बेहोर्न बाध्य भए पनि नेपाली जनताले देखाएको सुझबुझप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो ।
युद्धका बेलासमेत नदेखिने सङ्कट भोग्नु परेको भन्दै उहाँले मानवीय सम्वेदना भएका जोकोहीले पनि अघोषित नाकावन्दीको सहजै अनुमान गर्नसक्ने स्पष्ट पार्नुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?