काठमाडौँ, २९ कात्तिक । सरकारमा सहभागी दलका तर्फबाट आन्दोलनरत तराई–मधेसकेन्द्रित राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री कमल थापा सदस्य रहनुभएको वार्ता टोली गठन गरिएको हो । तराई–मधेसमा आन्दोलतरत दलले सरकारको वार्ता टोलीसँग वार्ता गर्न आनाकानी गरेको भन्ने समाचार सार्वजनिक भएपछि सरकारले संयन्त्रका संयोजकको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
सरकारले यसअघि उपप्रधानमन्त्री थापाको संयोकत्वमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरी सदस्य रहनुभएको वार्ता टोली गठन गरेको थियो । आन्दोलनरत दलसँग वार्ताका क्रममा उच्च तहमा नै वार्ता हुनुपर्ने माग आन्दोलनरत पक्षबाट उठेपछि सरकारले आज पुनःअर्को वार्ता टोली गठन गरेको हो ।
आज गठित वार्ता टोलीमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक दाहाल, प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा खनाल र सरकारी वार्ता टोलीका संयोजक थापा सहभागी भएको अर्को वार्ता टोली गठन गरेको हो । उच्चस्तरीय वार्ता टोलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी छ । मधेसकेन्द्रित दल र काँग्रेसबीच शनिबार भएको द्विपक्षीय छलफलमा पनि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने माग उठेको थियो ।
नेकपा (संयुक्त)का अध्यक्ष एवम् संयन्त्रका सदस्य गणेश साहले आजको बैठकमा प्रधानमन्त्रीले आज साँझ ६ बजे गर्न लागेको राष्ट्रका नाममा सम्बोधनमा समावेश गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए । उनले सम्बोधनमा भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी, आपूर्ति व्यवस्थापनमा देखिएको समस्या, दैनिक जनजीवन प्रभावित भएको र सरकारले गरिरहेको प्रयत्न, तराईमधेसमा जारी आन्दोलन र त्यसको सम्बोधनका लागि भएका प्रयासमा विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने नेता साहले बताए ।
सरकारजस्तो जस्तोसुकै समस्या पनि सम्बोधन गर्न तयार छ, जायज माग सम्बोधन हुन्छन् र त्यसका लागि सरकार तयार छ भन्ने विषयलाई केन्द्रमा राखेर वार्ता तथा संवाद जारी राखी एकाध दिनभित्रै समाधान गर्ने सहमति भएको अध्यक्ष साहको भनाइ छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?