
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा आगजानी गरेको ट्रक । बन्दअवज्ञा गरेको भन्दै वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् । तस्बिर ः बिजयकुमार महतो, पर्सा, रासस
पर्सा, २७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा एक ट्रकमा आगजानी गरेका छन् ।
बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित