काठमाडाँैं, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सरमुक्त भएका छन् ।
स्वास्थ्य परीक्षणका लागि हाल संयुक्त राज्य अमेरिकामा रहेका सभापति कोइरालाको स्वास्थ्य परीक्षण प्रतिवेदन हेरेपछि चिकित्सकले उनी क्यान्सरमुक्त भएको बताएको स्वकीय सचिव अतुल कोइरालाले टेलिफोनबाट जानकारी दिए ।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उनको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । सेन्टरका वरिष्ठ चिकित्सक डा मञ्जित बेन्सको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।
स्वकीय सचिव अतुल कोइरालाका अनुसार चिकित्सकले उनलाई छ महिनामा पुनः रिपोर्ट गर्न सुझाव दिएका छन् ।
न्यूयोर्कबासी नेपालीसँग भेट
सभापति कोइराला मङ्गलबार साँझ नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरद्वारा आयोजित स्वागत कार्यक्रम र रात्रिभोजमा सरिक भए ।
उनले संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै तराई–मधेस समस्याको समाधान आपसी संवादको माध्यमबाट हुनुपर्ने बताएका थिए ।
उनले समस्याको शान्तिपूर्ण समाधान गरी मुलुकको सार्वभौमिकता, अखण्डता र एकता कायम गर्दै शान्ति, स्थायित्व र विकासका लागि आफ्नो नेतृत्वको सरकारले संविधान संशोधनको विधेयक दर्ता गराएको जानकारी गराए ।
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ