
शुभ दिपावलीको अवसरमा रिपोर्टर्स क्लव नेपालले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २५ कात्तिक । तराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच आज गम्भीर छलफल भएको छ ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिए । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल भएका थिए ।
छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो ।
काँग्रेसले बिहीवार मधेसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताए ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते