भक्तपर, २४ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनरत मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर भएको बताउनु भएको छ ।
आज साँझ भक्तपुरको व्यासीमा इन्द्रेणी सांस्कृतिक समाज ‘इसास’ले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उहाँले मोर्चाको मागप्रति सरकार गम्भीर भएकाले वार्तामा बस्न आग्रह गर्नुभएको हो ।
उहाँले सरकारसँग वार्तामा बस्दा आन्दोलन गर्नैपर्ने भए पनि नाकाबन्दी खोल्नेगरी आन्दोलनको स्वरुप परिवर्तन गरेर वार्तामा बस्न उहाँले आग्रह गर्नुभयो ।
गृहमन्त्री बस्नेतले भन्नुभयो—“अरूको उक्साहटमा आमजनतालाई दुःख दिने आन्दोलन छाडेर वार्तामा बस्नुहोस्, आन्दोलनरत पक्षको माग पूरा गर्ने सवालमा सरकार गम्भीर र संवेदशनशील छ ।”
हिजोको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत मोर्चालाई वार्ताका लागि औपचारिक रुपमै आह्वान गर्ने र वार्तामा आन्दोलन पक्षको मागप्रति सरकार लचक हुने निर्णय गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नृत्य प्रशिक्षकद्वय महेश्वर कारजी, सीताराम होना र बालाखु गणेश भजन मण्डलका गुरु हरिभक्त सुवाललाई सम्मान गरिएको थियो ।
तुलसीनारायण व्यञ्जूको सभापतित्वमा सम्पन्न कार्यक्रमको बेपत्ता परिवारको आमा ईन्द्रकेशरी श्रेष्ठले उद्घाटन भएको थियो भने पूर्वसभासद् सत्यलाल मूल, युवानेता सुनिल बाँसुलगायतले नाकाबन्दी मानवअधिकार विरोधी कार्य भएको बताउनुभएको थियो ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव