काठमाडौँ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालमा संविधान जारी भएपछि तराईमा देखिएको राजनीतिक समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले राजनीतिक समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा जोड दिए ।
नेपाल–भारत सीमामा देखिएको समस्याले नेपाल र भारत दुवै देशलाई फाइदा नगर्ने बताउँदै उनले जतिसक्दो चाँडो समस्याको समाधान भई सहज अवस्था सिर्जना हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समयमा नेपालमा भारत विरोधी भावना विकास हुँदै गएका प्रति चिन्ता व्यक्त गर्दै राजदूत रायले भने, “भारत विरोधी भावना बढ्दा दुवै देशलाई फाइदा गर्दैन, यसले हामीलाई दुःखी बनाएको छ ।”
उनले भने, “हाम्रो सम्बन्ध ऐतिहासिक एवम् सांस्कृतिक हो, हामी एक अर्काका दुश्मन हुन सक्दैनौँ, एक अर्कालाई पीडा दिने पनि होइन ।”
नयाँ परिस्थितिमा दुई देशको सम्बन्ध नयाँ ढङ्गले विस्तार गर्न चाहेको उल्लेख गर्दै राजदूत रायले ऐतिहासिक दस्तावेज संविधान जारी हुँदा नेपालका सबै समुदायले न्याय पाउनुपर्ने बताए ।
उनले आन्दोलनरत दलका माग सम्बोधन भएमा सहज वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए । राजदूत रायले चाँडो आपूर्ति सहज हुन्छ भनेर आफूलाई उद्धरण गरेर आएका समाचारमा सत्यता नरहेको स्पष्ट पारे । उनले भने, “नाका सञ्चालनमा आउने भनेर आएका समाचार अनुमान मात्र हुन् ।”
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते