जिरी, २४ कात्तिक । पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ ।
उद्योग वाणिज्य सङ्घ जिरीले आज आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न बन्द रहेको विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने जानकारी दिए ।
जिरीमा रहेको ४०० वर्गमि क्षेत्रको हवाई मैदान चौथाइ शताब्दीदेखि गौचरनका लागि प्रयोग हुँदै आएको छ । जिरीस्थित पशु विकास फार्मका नाममा नापनक्सा रहेको हवाई मैदान प्रयोगविहीन भएका कारण पशु विकास फार्मले गौचरन बनाएको हो ।
विमानस्थल सञ्चालनमा आए जिरी हुँदै सोलुखम्बु जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनाका साथै जिरीको व्यायापारमा वृद्धि हुने जिरीवासीको अपेक्षा छ ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते