काठमाडौँ, २४ कात्तिक । ‘ग्यासमा तेल, पकाउ बूढी तेल’ जस्ता उखानटुक्का बनाएर मानवीय समस्यालाई हँसिलो, रसिलो तरिकाले पस्कँदै यस वर्षको ‘आलु पार्टी’ सकिएको छ ।
हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले प्रत्येक वर्ष काग तिहारका दिन आफ्नै निवास जावलाखेलमा आयोजना गर्दै आउनुभएको आलु पार्टीको सभाध्यक्षता एक जोडी आलुले गरेका थिए ।
दाउरा बनाउने ठूलो मुढा प्रमुख अतिथि थियो । खेलकुद क्षेत्रको विकृतिका रुपमा देखिएको ‘म्याच फिक्सिङ’ प्रवृत्तिलाई बलको पुतली बनाएर साङ्केतिक रुपमा विशेष अतिथिका रुपमा उभ्याइएको थियो । कार्यक्रममा खेलकुद क्षेत्रमा मात्र नभई राजनीतिमा समेत ‘म्याच फिक्सिङ’ हुँदै आइरहेको व्यङ्ग्य गरिएको थियो ।
साहित्यकार पाँडेले आलु पार्टीमा शपथ घोषणा गर्दै समसामयिक अवस्थालाई उखानटुक्का बनाई प्रस्तुत गरेका थिए । सोमबार आयोजित कार्यक्रममा मुकुन्द आचार्य, वसन्त सापकोटा, ज्ञानुवाकर पौडेल, सुषमा मानन्धर, केदार घिमिरे, डिल्लीप्रसाद मुलतिउन, शैलेन्द्र सिंखडा, विष्णुलाल श्रेष्ठ, मुन पौडेल, धनुषा सिंह र टेकबहादुर कोइरालाले समय सान्दर्भिक पेट्रोल, ग्यास, राजनीतिक विकृतिलगायत विषयमा हास्यव्यङ्ग्य कविता तथा प्रस्तुति गरेका थिए ।
यस्तै व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन, अशोकमान सिंह, अविन श्रेष्ठ र देवेन्द्र थुम्केलीले आफ्ना व्यङ्ग्यचित्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उच्चस्तरीय प्रस्तुति गर्नेलाई पाँडेले प्रशंसामहापत्र प्रदान गर्नुभएको थियो । उहाँले भन्नुभयो–‘हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तित्व एकै ठाउँमा भेला भएर शुभकामना व्यक्त गर्ने अवसरका रुपमा यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ ।’
विसं २०३४ देखि निरन्तर गरिँदै आएको सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि अहिलेका चर्चित हास्यव्यङ्ग्य कलाकारको समेत सहभागिता रहने गरेको छ ।
आलुबाटै बनेका पाँच परिकार खीर, चप, चिप्स, तरकारी र अचार खाँदै पार्टीको समापन गरिएको थियो ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते