
काठमाडौँ, २३ कात्तिक । तराई मधेस केन्द्रित राजनीतिक दलले व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेका छन् ।
थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेसको समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै सदनको कारबाही चल्न नसक्ने बताएपछि तराई मधेस केन्द्रित दलका सांसदले नाराबाजी गर्दै संसदको कारबाही चल्न नसक्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुख ओनसरी घर्तीले पटक–पटक आसन ग्रहण गर्न सांसदलाई आग्रह गरेपनि नाराबाजी कायम रहेका कारण उनले बैठक स्थगन गरेकी थिइन् । तराई मधेसको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्ने, सङ्घीय प्रदेशको सीमाङ्कनलगायत विषय सच्याइनुपर्ने उनीहरुको माग थियो ।
यसरी माग गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, नेपाली जनता दललगायत छन् ।
लगातारको नाराबाजीपछि सभामुख घर्तीले व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी मङ्सिर ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जानकारी गराइन् ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते