बेलायतकी महारानीले उदाहरणीय बहादुरी प्रदर्शन गर्ने चार पूर्व ब्रिटिस गोर्खा सैनिकलाई द क्विन्स ग्यालान्ट्री मेडल(क्युजिएम) प्रदान गरेकी छिन् । मेडल प्राप्त गर्ने पूर्व गोर्खाली सैनिकमा दीपककुमार थापा, जंगबहादुर गुरुङ, जीतमान सारु मगर र श्यामकुमार लिम्बु छन् ।
बहादुरीका लागि प्रदान गरिने यो मेडल गैरसैनिकलाई प्रदान गरिने तेस्रो ठूलो पदक हो। अफगानिस्तानको राजधानी काबुलस्थित ब्रिटिस काउन्सिलको आक्रमणमा उनीहरुले निर्वाह गरेको भूमिकाका लागि प्रदान गरिएको लन्डन गजेटमा प्रकाशित सूचनामा बताइएको छ । उनीहरु निजी सुरक्षा कम्पनी जीफोरएसको तर्फबाट त्यहाँ तैनाथ थिए।
तालिबान विद्रोहीले २०११ अगस्ट ११ का दिन काउन्सिलमा आक्रमण गरेको थियो। गजेटमा आक्रमणलाई ‘जटिल प्रकारको’ भनि उल्लेख गरिएको छ । आक्रमणमा विष्फोटक पदार्थले भरिएको दुई वटा आत्मघाती सवारी साधन प्रयोग गरिएको थियो । आक्रमणमा संलग्न चार लडाकु हतियारले सुसज्जित रहेको थिए । त्यस समयमा जीफोरएसकोतर्फबाट काउन्सिलका सुरक्षामा चार पूर्व गोर्खाली अतिरिक्त हतियारविहीन ६ अफगान सुरक्षाकर्मी र एक बेलायती सुरक्षा व्यवस्थापक थिए ।
छ अफगान सुरक्षाकर्मी मध्ये तीन जना गोली हानी मारिएका थिए भने तीन जना विष्फोटन र गोली लागि घाइते भएका थिए । चार मध्ये तीन गोर्खाली सैनिक घाइते भएका थिए । गोर्खाली जंग गुरुङले ‘भीषण संघर्षको क्रममा आफूसँग भएको सबै गोली गठ्ठाको प्रयोग गरेर विद्रोहीलाई रोकेर राख्न सफल भएका थिए ।’ आक्रमणको क्रममा उनले मेसिनगनबाट करिब ८ हजार राउन्ड गोली प्रहार गरेका थिए।
‘जंग गुरुङका विद्रोहीलाई रोकिराख्न सफल भएको र त्यही कारण कर्मचारी( काउन्सिल) लाई सेफ हाउसमा जान सफल बनाएका थिए ।’ टाउकोमा गोली लागेर पनि श्याम लिम्बुले ‘उनको उद्दार हुनुअघिसम्म गार्ड हाउसमै बसेर घाइते अफगान सुरक्षाकर्मीको सुरक्षा दिएका थिए ।’ करिब साढे सात घण्टापछि अफगान कमाण्डोले काउन्सिल नियन्त्रणमा लिन सफल भएको थियो।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित