काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयकलगायतका विषयमा आफू सहकार्य गर्न तयार रहेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग राखेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले जाडो मौसमसमेत लागिसकेका अवस्थामा भूकम्पपीडितको आवासलगायत पुनःनिर्माणका कामलाई प्राथमिकता दिन संसद्मा विचाराधीन विधेयकमा सहमति गरी प्राधिकरण गठनमा सहकार्य गर्न प्रस्ताव गरेका हुन् । सो विधेयक अघिल्लो सरकारको पालामा संसद्मा पेस भएको थियो ।
प्रधानमन्त्रीको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आफ्ना दलमा आन्तरिक छलफल गरेर जवाफ दिने जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
छलफलमा नेकपा (एमाले) बाट प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष ओली, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र मन्त्री अग्निप्रसाद खरेल, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा