काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयकलगायतका विषयमा आफू सहकार्य गर्न तयार रहेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग राखेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले जाडो मौसमसमेत लागिसकेका अवस्थामा भूकम्पपीडितको आवासलगायत पुनःनिर्माणका कामलाई प्राथमिकता दिन संसद्मा विचाराधीन विधेयकमा सहमति गरी प्राधिकरण गठनमा सहकार्य गर्न प्रस्ताव गरेका हुन् । सो विधेयक अघिल्लो सरकारको पालामा संसद्मा पेस भएको थियो ।
प्रधानमन्त्रीको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आफ्ना दलमा आन्तरिक छलफल गरेर जवाफ दिने जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
छलफलमा नेकपा (एमाले) बाट प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष ओली, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र मन्त्री अग्निप्रसाद खरेल, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते