काठमाडौँ, २२ कात्तिक । इन्धन अभावका कारण मुलुकका निजी क्षेत्रका वायु सेवा कम्पनीका ७५ प्रतिशतभन्दा बढी उडान कटौती भएको छ ।
नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट इन्धन आपूर्ति नगर्दा सञ्चालनमा रहेका निजी सेवा प्रदायकले इन्धन नपाएपछि उडान कटौती गरेका हुन् ।
नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपोले इन्धन सङ्कट भएका कारण हवाई इन्धन उपलब्ध गराउन नसक्ने बताएपछि उडान कटौती गर्न बाध्य भएको यति एयरलाइन्सका मेनेजर भीमराज राईले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकका विभिन्न स्थानमा हुँदै आएका करिब चार दर्जनभन्दा बढी उडान प्रभावित हुँदा हवाई यात्रु मर्कामा परेका छन् ।
आन्तरिक उडान नहुने भएपछि विमानस्थलको आन्तरिक कक्ष शून्यप्रायः अवस्थामा रहेको थियो । विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिकका एकाध उडानबाहेक अरू उडान भने ठप्प भएका थिए । मेनेजर राईले यति एयरलाइन्सका कुल ४० उडानमध्ये दुई वटा मात्रै उडान भएको बताए ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले सोमबार भारतको कोलकातामा तीन उडान गर्ने र प्रतिउडान ३० टनका दरले इन्धन ल्याउने बताए । निगमले आज काठमाडौँ–कोलकाता उडान गरेर करिब ६० टन इन्धन ल्याएको छ ।
निजी हवाई सेवा प्रदायक कम्पनीलाई सहज उडानका लागि दैनिक एक लाख ४० हजार लिटर हवाई इन्धनको आवश्यकता पर्दछ ।
इन्धन अभावका कारण अत्यावश्यकीय सेवाको रुपमा रहेको हवाई यातायात बन्द भएको नेपालको इतिहासमा यो पहिलो पटक हो । निगमका त्रिभुवन विमानस्थल डिपोका प्रमुख प्रदीप यादवले इन्धन सङ्कटका कारण उडान कटौती गर्न आफूहरूले आग्रह गरेको बताए ।
अन्तर्राष्ट्रिय सेवा प्रदायकले भने आफैँ इन्धन भरेर आउने गरेका कारण समस्या नहुने देखिएको छ । वायु सेवा निगमले पनि जुन स्थानमा उडान गर्छ सोही स्थानबाट इन्धन आयात गर्ने गरेको छ ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला