काठमाडौँ, २१ कात्तिक । नेपाल चिकित्सक सङ्घले तराईका विभिन्न भागमा भइरहेको आन्दोलन एवम् भारतको अघोषित नाकाबन्दीबाट उत्पन्न पेट्रोलियम अभावले अस्पताल जस्तो अत्यन्त सम्बेदनशील क्षेत्रमा समेत कठिनाइ उत्पन्न भएकामा चिन्ता व्यक्त गरेको छ ।
“देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुनुले सर्वसाधारण नेपालीको सहज उपचारका लागि असहज परिस्थिति सिर्जना हुँदै गएको छ”–सङ्घका महासचिव मुक्तिराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संस्थामा रहेको सीमित औषधिका कारण विरामीलाई आवश्यक मात्रामा औषधि उपलब्ध गराउन नसकिने अवस्था सिर्जना हुँदै गएकोप्रति नेपाल चिकित्सक सङ्घ गहिरो दुःख व्यक्त गर्दछ ।”
स्वास्थ्य सेवा जस्तो सम्बेदनशील क्षेत्र पूर्णरूपमा प्रभावित हुन पुगेको र त्यसको समाधानका लागि यथाशीघ्र सार्थक र परिणाममुखी वार्तामार्फत उत्पन्न परिस्थितिलाई आपसी सहमतिमा सुल्झाउनसमेत सङ्घले सरकार तथा आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन