काठमाडौँ, २१ कात्तिक । नेपाल चिकित्सक सङ्घले तराईका विभिन्न भागमा भइरहेको आन्दोलन एवम् भारतको अघोषित नाकाबन्दीबाट उत्पन्न पेट्रोलियम अभावले अस्पताल जस्तो अत्यन्त सम्बेदनशील क्षेत्रमा समेत कठिनाइ उत्पन्न भएकामा चिन्ता व्यक्त गरेको छ ।
“देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुनुले सर्वसाधारण नेपालीको सहज उपचारका लागि असहज परिस्थिति सिर्जना हुँदै गएको छ”–सङ्घका महासचिव मुक्तिराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संस्थामा रहेको सीमित औषधिका कारण विरामीलाई आवश्यक मात्रामा औषधि उपलब्ध गराउन नसकिने अवस्था सिर्जना हुँदै गएकोप्रति नेपाल चिकित्सक सङ्घ गहिरो दुःख व्यक्त गर्दछ ।”
स्वास्थ्य सेवा जस्तो सम्बेदनशील क्षेत्र पूर्णरूपमा प्रभावित हुन पुगेको र त्यसको समाधानका लागि यथाशीघ्र सार्थक र परिणाममुखी वार्तामार्फत उत्पन्न परिस्थितिलाई आपसी सहमतिमा सुल्झाउनसमेत सङ्घले सरकार तथा आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा