जनकपुरधाम, २१ कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ताधारीहरूले मधेस आन्दोलनलाई भारतले उक्साएको भनी मधेस र पहाडबीचको दूरी बढाउने कार्य गरिरहेकाले यसप्रति सजग रहन आग्रह गरेका छन् ।
जनकपुरधाममा आज आयोजित ‘मधेसको समस्या र नयाँ शक्तिको निर्माण अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले मधेसका आवाजलाई नसुन्ने तथा पहाड र मधेसबीच दूरी बढ्दै गयो भने राष्ट्रमा अत्यन्त खतरनाक स्थिति उत्पन्न हुनसक्ने सम्भावना रहेको बताए ।
उनले आफूलगायत नागरिक समाजका प्रबुद्ध वर्ग, चिकित्सक र राजनीतिकर्मीले प्रधानमन्त्रीलाई मधेस आन्दोलनको अवस्था र समस्या समाधान उपायका बारेमा ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले आफूलाई मधेसको माग के हो थाहा नभएको भन्नु लज्जास्पद भएको पनि बताए ।
विगतमा मधेस आन्दोलनका बेला भएको सहमति सम्झौता संवाद समिति र राज्य पुनःसंरचना आयोगले दिएको सुझावप्रति आँखा चिम्लेर बस्न नहुने उनको धारणा थियो ।
पूर्व प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारको चेहरा गणतन्त्र, सङ्घीयता विरोधी भएकाहरूको विचित्रको सरकार भएको टिप्पणी गर्दै राष्ट्रको यथार्थ समस्यालाई ध्यान नदिई खोक्रो राष्ट्रवादको नारा दिने जनताको हितमा नहने बताए ।
उनले मधेसको माग सन्दर्भमा सरकारद्वारा गठित वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री स्वयम्ले गरी अनावश्यक ढङ्गले चलिरहेको जुहारीको अन्त गर्दै समस्या समाधानको पहल गर्नुपर्ने बताए । उनले भारत र नेपालबीचको मित्रवत् सम्बन्धमा उत्पन्न चिसोपनलाई कूटनीतिक संवादद्वारा छिटोभन्दा छिटो समाधान गर्न अग्रसरता देखाउनु पर्ने पनि उल्लेख गरे ।
सिंहदरबार र बालुवाटारमा बस्नेहरूले मधेसी जनताको त्याग, बलिदान र योगदानलाई उच्च मूल्याङ्कन गर्दै मधेसीको स्वाभिमानप्रति अपमान गर्ने कुनै पनि क्रियाकलाप गर्न नहुनेमा उनले जोड दिए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता