जनकपुरधाम, २१ कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ताधारीहरूले मधेस आन्दोलनलाई भारतले उक्साएको भनी मधेस र पहाडबीचको दूरी बढाउने कार्य गरिरहेकाले यसप्रति सजग रहन आग्रह गरेका छन् ।
जनकपुरधाममा आज आयोजित ‘मधेसको समस्या र नयाँ शक्तिको निर्माण अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले मधेसका आवाजलाई नसुन्ने तथा पहाड र मधेसबीच दूरी बढ्दै गयो भने राष्ट्रमा अत्यन्त खतरनाक स्थिति उत्पन्न हुनसक्ने सम्भावना रहेको बताए ।
उनले आफूलगायत नागरिक समाजका प्रबुद्ध वर्ग, चिकित्सक र राजनीतिकर्मीले प्रधानमन्त्रीलाई मधेस आन्दोलनको अवस्था र समस्या समाधान उपायका बारेमा ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले आफूलाई मधेसको माग के हो थाहा नभएको भन्नु लज्जास्पद भएको पनि बताए ।
विगतमा मधेस आन्दोलनका बेला भएको सहमति सम्झौता संवाद समिति र राज्य पुनःसंरचना आयोगले दिएको सुझावप्रति आँखा चिम्लेर बस्न नहुने उनको धारणा थियो ।
पूर्व प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारको चेहरा गणतन्त्र, सङ्घीयता विरोधी भएकाहरूको विचित्रको सरकार भएको टिप्पणी गर्दै राष्ट्रको यथार्थ समस्यालाई ध्यान नदिई खोक्रो राष्ट्रवादको नारा दिने जनताको हितमा नहने बताए ।
उनले मधेसको माग सन्दर्भमा सरकारद्वारा गठित वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री स्वयम्ले गरी अनावश्यक ढङ्गले चलिरहेको जुहारीको अन्त गर्दै समस्या समाधानको पहल गर्नुपर्ने बताए । उनले भारत र नेपालबीचको मित्रवत् सम्बन्धमा उत्पन्न चिसोपनलाई कूटनीतिक संवादद्वारा छिटोभन्दा छिटो समाधान गर्न अग्रसरता देखाउनु पर्ने पनि उल्लेख गरे ।
सिंहदरबार र बालुवाटारमा बस्नेहरूले मधेसी जनताको त्याग, बलिदान र योगदानलाई उच्च मूल्याङ्कन गर्दै मधेसीको स्वाभिमानप्रति अपमान गर्ने कुनै पनि क्रियाकलाप गर्न नहुनेमा उनले जोड दिए ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण