काठमाडौँ, १९ कात्तिक । स्व राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।
स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ ।
सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो । गत आवमा फेला परेको जग्गा १५ हजार २७३ रोपनी छ ।
विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्याय बताउंछन् ।
उनका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ ।
सचिव उपाध्यायले भने, “ट्रष्टले प्रत्येक जिल्लाको नापी कार्यालय गएर पूर्व राजाको सम्पत्ति छानबिन गर्न लागेका हौँ ।”
हालसम्म ट्रष्टको बैंक खातामा पूर्वराजपरिवारको नाममा रहेको चल सम्पत्तिमा २९ करोड ७९ लाख हजार नेपाली रुपैयाँ, ४७ हजार ६५६ पाउण्ड, एक लाख ३७ हजार १४ अमेरिकन डलर छ ।
पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था ट्रष्टका सहसचिव एवम् प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिए ।
अर्यालले ट्रष्टको स्वामित्वमा रहेको होटल सोल्टीमा रहेको क्यासिनोले प्रयोग गर्दै आएको जग्गा छाड्न बारम्बार ताकेता गरे पनि नछाडेको गुनासो गरे । उनले सल्लाघारीमा रहेको चौर ट्रष्टको नाममा रहेकाले बारवन्देज गर्न लागे पनि नगरपालिकाले अवरोध पु¥याएको बताए ।
उनले भने “पूर्वराजपरिवारको नाममा रहेका जग्गा उपयोग गर्नेले भाडा पनि नदिने र उपयोग गरेको जग्गा पनि नछोड्ने गरेकाले समस्यामा परेका छौँ ।”
ट्रष्टले सङ्कलन गरेको रकम हालसम्म खर्च नभएकाले त्यसको खर्चका लागि कार्यविधि बनाएर अगाडि बढ्ने ट्रष्टले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गरिने शाखा अधिकृत भक्तबहादुर गुरुङले जनाए ।
गुरुङले पूर्वराजपरिवारको नाममा विदेशमा रहेको सम्पत्ति छानबिनका लागि विभिन्न देशको राजदूतावासबाट कूटनीतिक पहल भइरहेकोसमेत जानकारी दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा