काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उद्योगी व्यवसायीले झेल्नुपरेका समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको उद्यमी–व्यवसायीको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले इन्धन आपूर्तिलगायत देशले भोग्नुपरेको असहज अवस्थाको अन्त्यका लागि सरकार गम्भीर भएर लागेको बताए ।
“वर्तमान समस्या हल गर्न कूटनीतिकलगायत सबै तहबाट आवश्यक कार्य भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो”– मुरारकाले भेटपछि सञ्चारकर्मीलाई बताए ।
इन्धन सङ्कटले कलकारखाना बन्द हुने अवस्थामा पुगेको र राजस्व रकम रु २५ अर्बभन्दा बढी नोक्सानी भएको वास्तविकता प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै आफूहरूले औद्योगिक क्षेत्रका समस्या सुल्झाउन र रुग्ण उद्योगलाई राहतको व्यवस्थाका निम्ति अनुरोध गरेको उनले बताए ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता