काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाविभागीयमन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन गरेका छन् ।
मन्त्रिपरिषद्को विस्तारसँगै गरिएको नयाँ कार्यविभाजनअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा रामजनम चौधरी, युवा तथा खेलकुदमन्त्रीमा सत्यनारायण मण्डल र विज्ञान, प्रविधि तथा वातावरणमन्त्रीमा विश्वेन्द्र पासवान छन् । यस्तै रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ ।
यसैगरी मोहम्मद मुस्ताक आलमलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र मेघराज नेपाली निषादलाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
गत असोज २५ गते गठन भएको वर्तमान सरकारमा बिनाविभागीय मन्त्री रहेका मन्त्री तथा राज्यमन्त्रीको आज जिम्मेवारी तोकिएको हो । ओली नेतृत्वको वर्तमान सरकारमा एमालेले प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित नौ, एकीकृत नेकपा (माओवादी)ले उपप्रधानमन्त्रीसहित आठ, राप्रपा नेपालले उपप्रधानमन्त्रीसहित दुई, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले उपप्रधानमन्त्री सहित दुई तथा नेकपा(माले) र राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री सहित एक एक मन्त्रालयको जिम्मेवारी पाएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता