
धुन्चे (रसुवा), १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो ।
मृतकका शवहरु अहिले जिल्ला अस्पताल धुन्चेमा राखिएको र बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन ।
दुर्घटनाग्रस्त बसमा करिब ८९ यात्रु रहेको बताइएको छ । घाइतेमध्ये तीनजना जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि घर फर्केका छन् ।
दुर्घटनामा रसुवाका सरमथली, भोर्ले, लहरेपौवा, धैबुङ, हाकु, गुल्जुङ, गत्लाङ, टिमुरे तथा बारा, सिन्धुली, नुवाकोट लगायतजिल्लाका समेत परेका प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार मृत्यु हुनेमा महिला १४, पुरुष २० बालक एक, बालिका एक छन् । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक, त्रिशूली अस्पतालमा पाँच, जिल्ला अस्पताल धुन्चेमा एक र घटनास्थलमा २९ जनाको मत्यु
भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये गुल्जुङ गाविस–५ का तीन वर्षीय बालक निमाटासी तामाङको मात्र सनाखत भएको छ ।
उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता