काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी – पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।
निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई आज पत्र पठाइएको जानकारी दिए ।
उनले व्यापारिक कारोबारका लागि मूल्यसूची उपलब्ध गराउन पत्राचार भएको बताए । कार्यकारी निर्देशक खड्काले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको र प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
केरुङ नाकाबाट चीनले उपलब्ध गराएको पेट्रोल आयात गर्न नेपाली ट्याङ्कर आज त्यसतर्फ लागेका छन् । आज १२ वटा ट्याङक्र त्यसतर्फ लागेको निगमले जनाएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा लागेको निगमले चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ भने सो पेट्रोल नेपाल भित्रने क्रममा रहेको छ । चीनबाट ल्याइएको पेट्रोल निगमको थानकोटको भण्डारण डिपोमा भण्डारण गरिएको छ ।
चीनका लागि नेपाली राजदूत महेशमान मास्के नेतृत्वको टोलीले केहीदिन पहिले पेट्रो चाइनासँग इन्धन आयात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको थियो । चीनबाट निगमले कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सम्झौता गरेको थियो । सो सम्झौता भएपछि निगमलाई चीनले अनुदानस्वरुप १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने उपाय खोज्न बाध्य भएको थियो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित