काठमाडौँ, १७ कात्तिक । वैशाख १२ र २९ मा गएको भूकम्पका क्षतिग्रस्त भएका सम्पदा स्थलको क्षति विवरण लिने काम अन्तिम चरणमा पुगेको छ ।
पुरातत्व विभागले उपत्यकाका तीन जिल्लाका महत्वपूर्ण सम्पदा स्थलको पुनःनिर्माणका लागि तीव्ररुपमा काम अघि बढाउन विवरण लिने काम सकिन लागेको जानकारी दिएको हो ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पका कारण भत्किएका संरचना, पर्खाल, भग्नावशेष र अन्य पुरातात्विक महत्वका वस्तुका बारेमा जानकारी लिने काम सकिन लागेको बताए ।
“हामी सरकारबाट बजेट निकासा हुने बित्तिकै पुनःनिर्माणको कार्य थालनी गर्छाैैँ” प्रवक्ता कुँवरले भने । पुनःनिर्माण कार्य सुरु गर्न अझै दुई चार महिना लाग्ने उनको भनाइ छ ।
करिब ७० वटा सम्पदाको रुपरेखा र नक्सा तयार गर्ने गरिरहेको विभागले गोरखा दरबार, नुवाकोट दरबार, दोलखामा रहेका सम्पदालगायतका उपत्यकाभन्दा बाहिरका सम्पदाको पछि उद्धार गर्ने कार्य सुरु गरिसकेको जनाएको छ ।
विभागले पुरातात्विक स्थलको संरक्षण नक्साको निर्माण गरी भूकम्पबाट क्षति भएका काठमाडौँ, उपत्यकाका हनुमानढोका, पाटन र भक्तपुरदरबार क्षेत्रमा जमिनको तलसम्म भएका भएका भग्नावशेषका बारेमा जानकारी लिई पुनःनिर्माण गर्न नक्सा तयार पार्ने कार्य गरिरहेको प्रवक्ता कुँवरले जानकारी दिए ।
पुरातात्विक स्थलको उत्खनन र अनुसन्धानका कार्य युनेस्कोको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग र दुरहाम विश्वविद्यालय र राष्ट्रिय विज्ञको संयुक्त टोलीले गर्ने विभागले जनाएको छ । सो टोलीले आफ्नो अनुसन्धान कार्य सुरु गरिसकेको छ ।
विदेशी मुद्रा आर्जनका लागि मुख्य स्रोतका रुपमा रहेका उपत्यका र बाहिर जिल्लामा रहेका सांस्कृतिक महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न माटोको अनुसन्धान गर्ने र पुनःनिर्माणका नक्सा तयार गर्ने कार्य गरिरहेको विभागले पुनःनिर्माणका लागि सातदेखि १० अर्बसम्म लाग्ने अनुमान गरेको छ ।
पुनःनिर्माणको विषयलाई लिएर बजार विभिन्न कुरा उठेको भए पनि हल्लाको पछाडि नलाग्न विभागले आग्रह गरको छ ।
“बजारमा धरहरा बनाउने वा नबनाउने भन्ने विषयमा विभिन्न खाले चर्चा भइरहेको छ तर विभागले यस्तो कुनै किसिमको निर्णय गरेको छैन” प्रवक्ता कुँवरले भने ।
उहाँले धरहराको निर्माण हुने तर कस्तो मोडलमा बनाउने, भविष्यमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्र्दभमा चर्चा गरिरहेको पनि बताए ।
विभागका अनुसार काठमाडौँमा ३६ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने १७३ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ । यस्तै ललितपुरमा १३ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने ७१ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ भने २५ वटा सम्पदाको भित्तामा क्षति भएको छ ।
त्यसैगरी भक्तपुरमा २० वटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । उपत्यकाभन्दा बाहिर २८१ वटा सम्पदामा क्षति भएको विभागले प्रारम्भिक तथ्याङ्क निकालेको छ ।
काठ, इँटा र झिङ्गटी प्रयोग गरी बनाइएका स्मारक राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन विकासको आधार भएको र अर्थतन्त्रको बलियो आम्दानीको स्रोत भएकाले यसको पुनःनिर्माण जतिसक्दो छिटो गर्नुपर्नेमा सम्बद्धको जोड छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित