काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।
माओवादी महासचिव नेत्रविक्रम चन्दले आज विज्ञप्ति जारी गर्दै नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार, राष्ट्रसङ्घीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार सङ्गठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्क सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरीत रहेको जनाएका छन् ।
माओवादीले भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमतिपत्र र श्रम इजाजत पत्र लागू गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न समेत माग गरेको छ ।
तिहारलगत्तै भारतले लगाएको अघोषित नाकाबन्दी तथा कालोबजारी र भ्रष्टाचारका विरुद्ध पनि आन्दोलन गर्ने पार्टीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता