काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।
माओवादी महासचिव नेत्रविक्रम चन्दले आज विज्ञप्ति जारी गर्दै नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार, राष्ट्रसङ्घीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार सङ्गठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्क सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरीत रहेको जनाएका छन् ।
माओवादीले भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमतिपत्र र श्रम इजाजत पत्र लागू गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न समेत माग गरेको छ ।
तिहारलगत्तै भारतले लगाएको अघोषित नाकाबन्दी तथा कालोबजारी र भ्रष्टाचारका विरुद्ध पनि आन्दोलन गर्ने पार्टीले जनाएको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता