रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।
पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो । अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता