काठमाडौँ, १६ कात्तिक । गृह मन्त्रालयले आज पर्सामा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको मृत्यु भएको हो ।
मन्त्रालयले आज बिहान ५ः३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।
दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगन्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पु¥याई स्थिति तनावग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय छन् ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता