काठमाडौँ, १६ कात्तिक । गृह मन्त्रालयले आज पर्सामा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको मृत्यु भएको हो ।
मन्त्रालयले आज बिहान ५ः३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।
दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगन्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पु¥याई स्थिति तनावग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता