काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोलिफोन गरी वीरगन्ज घटनाबारे कुराकानी गरेका छन् ।
एमाले स्थायी समितिको बैठक चलिरहेका बेला मोदीले टेलिफोन गरी घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो राखेका थिए ।
प्रधानमन्त्रीमा प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनकारीका पक्षबाट सुरक्षाकर्मीलाई आक्रमणको प्रयास भएकाले नियन्त्रणका लागि गोली चलाउँदा घटना भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले नेपालमा भारतीय नागरिक र सवारी साधनको सुरक्षाको कुनै चिन्ता नगर्न र नेपालमा निर्वाध आपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका थिए ।
उनीहरुबीच तराई मधेसमा जारी आन्दोलन र समस्या समाधानका लागि भएका वार्ताबारे पनि कुराकानी भएको थियो ।
ओली प्रधानमन्त्री भएपछि मोदीसँगको यो दोस्रो टेलिफोन वार्ता हो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता