काठमाडौँ, १६ कात्तिक । नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ ।
समसामयिक विषय र सरकार विस्तारबारे आज पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले आज वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नाका खुलाउने प्रहरीको प्रयासपछि चर्किएको आन्दोलनका क्रममा आज पर्सामा एक भारतीय नागरिकको मुत्यु भएको थियो ।
मन्त्रिपरिषद् विस्तारको कार्यसूचीमा पुनः मङ्गलबार छलफल गर्ने गरी आज बैठक सकिएको छ ।
बैठकले राष्ट्रपतिमा पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी विजयी हुनु भएकामा बधाई दिएको छ ।
यस्तै अनेक प्रतिकूलताका बीच जारी भएको नयाँ संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सबै पार्टीसँग सहकार्य गरी अघि बढ्नुपर्ने ठहर एमालेले गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा