काठमाडौँ, १६ कात्तिक । संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाले सरकार र आन्दोलनकारी पक्षबीच बन्दै गएको सकारात्मक वातावरणलाई वीरगन्जमा आज भएको घटनाले खण्डित तुल्याएको जनाएको छ ।
वीरगन्ज घटनाले सरकारले वार्तालाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको आभास भएको मोर्चाले आरोप पनि लगाएको छ ।
मोर्चाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्तालाई सार्थक र परिणाममुखी बनाउन प्रयास भइरहेका बेला वीरगन्ज घटनाले त्यसमा प्रश्न खडा गरेको जिकिर गरे ।
वार्ता बिथोल्ने काम सरकारबाटै भएकाले वार्ताको औचित्य समाप्त हुँदै गएको उनको भनाइ थियो ।
पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भने अविलम्बरुपमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भई वार्ताको वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनिएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता