
चीनले दिएको अनुदानको पेट्रोल लिएर सोमबार विदुर हँुदै राजधानी काठमाडौं जादै गरेको ट्याङ्करहरु । आइतबार र सोमबार गरि १५ ट्याङ्कर तेल नेपाल भित्रिएको छ । तस्बिरः नवदीप श्रेष्ठ रासस
काठमाडौँ, १६ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल सोमबार साँझ काठमाडौँमा आइपुगेको छ ।
आइतबार नेपाल–चीनको केरुङ नाकामा नेपाललाई अनुदानमा उपलब्ध गराएको पहिलो ‘लट’ को पेट्रोल काठमाडौँ आइपुगेको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए ।
चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरेको थियो ।
भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गरिएको हो ।
नेपाल आयल निगम र पेट्रो चाइनबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो ।
पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन एक हजार २०० लिटर बोक्ने १२ वटा ट्याङ्कर गत शुक्रबार केरुङतर्फ गएको थियो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल आइपुगेको छ ।
यसैबीच, सरकारले पेट्रोलियम पदार्थको वितरणलाई सुलभ र प्रभावकारी बनाउन एक संयन्त्र बनाएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी संयन्त्र बनाएको हो । उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेका छन् । संयन्त्रको संयोजन वाणिज्य विभागका निर्देशकले गर्नेछन् ।संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भनी जानकारी राख्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता