काठमाडौँ, १५ कात्तिक । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलोमतो ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका फुटबल खेलाडीलाई विशेष अदालत काठमाडौँले आज अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, नरेन्द्र सिवाकोटी र भूपेन्द्रप्रसाद राईले एक हप्ता हिरासतमा राख्न आदेश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले खेलाडीलाई म्याद थपका लागि आज विशेष अदालत लगेको थियो ।
यसअघि यही कात्तिक १० गते अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर अदालतले दिएको म्याद यही कात्तिक १३ गते शुक्रबार नै सकिएको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा परेकाले खेलाडीलाई आज उपस्थित गराएको हो ।
राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि भन्दै आठ दिन समय मागेको थियो । तर बहसपछि विशेष अदालतले यही असोज १४ गतेदेखि लागू हुने गरी सात दिनका लागि समय थप गरेको विशेष अदालतका कर्मचारी राममणि फुयाँलले जानकारी दिए ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।
प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो । उनीहरूमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलोमतोमा खेल खेलेको आरोप छ ।
पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय फुटबल टोलीका कप्तान थापा र गोलकिपर थापाले भने आफूहरूले त्यस किसिमको कुनै पनि काम नगरेको बताए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित