लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं प्राध्यापक डा. सूर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ ।
यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन चिनीया भाषामा अनुवाद भइ प्रकाशन भएपनि त्यसपछि कुनै पनि नेपाली लेखकद्धारा लिखित ग्रन्थ चिनीया भाषामा अनुवाद गरेर प्रकाशन गरिएको सम्भवतः यो पहिलोपटक हो ।
प्रा सुवेदीले लेखेको ‘अन्तर्राष्ट्रिय लगानी सम्वन्धि कानुन: नीति र सिद्धान्तबीचको समन्वय’ नामक ग्रन्थ आठ वर्षअघि बेलायतमा प्रकाशन भएको थियो ।
संसारका विभिन्न विश्वविद्यालयमा पठन पाठनमा उपयोग हुंदै आएको यो ग्रन्थलाई चीनका अन्तर्राष्ट्रिय कानुन विषयका एक प्राध्यापक लि झांगले चिनीया भाषामा अनुवाद गरेका हुन् । कानुनसम्बन्धी पुस्तक प्रकाशनका लागि चीनमै सबैभन्दा बढि प्रतिष्ठित मानिने प्रकाशन संस्थाले सो ग्रन्थ प्रकाशन गरेको छ ।
आफनो ग्रन्थ चिनीया भाषामा अनुवाद भइ प्रकाशित भएकोमा प्रा सुवेदीले आफू हर्षित र गौरवान्वित भएको बताएका छन् । प्राध्यापक सुवेदी बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन विषयका प्राध्यापक छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता