बागलुङ, १५ कात्तिक । म्याग्दीको घोरेपानीका होटलमा लगानी बढेको छ ।
पर्यटक आगमन बढेपछि होटल तथा पर्यटन व्यवसायीले लगानी थप गरेका हुन् । घारेपानी होटल व्यवस्थापन समितिका अनुसार यहाँका होटलमा रु ५० करोड भन्दा बढी लगानी छ । पर्यटकको माग र सुविधालाई ध्यानमा राखेर व्यवसायीहरुले होटलको स्तरवृद्धि गर्न थालेका छन् ।
हाल सातवटा होटलका पुराना भवन भत्काएर नयाँ बनाउन सुरु गरीएको छ । उच्चस्तरको सेवा दिने होटलले रु दुई करोड भन्दा माथिको लगानी गरेको समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । उहाँ आफैँले पनि रु सवा दुई करोडको लगानीमा होटल निमार्णको काम अघि बढाउनुभएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरपानीमा पर्यटक भित्रने क्रम बढेपछि व्यवसायी उत्साहित बनेका हुन् । “ बर्सेनि पर्यटकको चाप बढ्न थालेको छ,” उहाँले भन्नुभयो–“गुणस्तरीय सेवा दिन होटलहरुले आफूलाई स्तरवृद्धि गरिरहेका छन्, लगानी थपिएको छ ।”
घोरेपानीमा अहिले २२ वटा पर्यटकीय होटल सञ्चालनमा छन् । काठले बनेका पुराना होटलका भवनलाई विस्थापित गरेर नयाँ पक्की संरचना बनाउने क्रम बढेको होटल ‘स्नो भ्यू’ का सञ्चालक टेकसर बुद्धुजा पुनले बताउनुभयो ।
पुरानै खाले संरचनामा पर्यटकीय आकर्षण हुने भए पनि पर्यटकको माग र आवश्यकता अनुसार नयाँ संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । ठूलो लगानीमा होटल सञ्चालन गरेका व्यवसायी भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता जस्ता कारणले निराश छन् ।
गत वर्षको तुलनामा यो वर्षको मुख्य पर्यटकीय याममा पर्यटक आधा घटेको समितिले जनाएको छ । गत वर्ष असोज–मङ्सिरमा दैनिक ४०० जति पर्यटक भित्रने गरेकोमा अहिले १५० देखि २०० आउने गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । गत बुधबारसम्म घोरेपानीमा एक हजार ४५५ विदेशी पर्यटक भित्रिएका थिए ।
सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पर्यटकहरु यो याममा घोरेपानी र पुनहिल पुग्ने गर्छन् । दुई हजार ८७४ मिटरको उचाइमा रहेको घारेपानी तथा तीन सय २१० मिटरको उचाइमा रहेको पुनहिलबाट धवलागिरि, अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाका दर्जनाँै हिमाल देख्न सकिन्छ ।
अन्पूर्ण चक्रिय पदमार्ग र धवलागिरि–अन्नपूर्ण पर्यावरणीय पदमार्ग हुँदै पर्यटक घारेपानी–पुनहिल पुग्ने गरेका छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता