
काठमाडौँ, १५ कात्तिक । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गर्ने बारेमा छलफल गरेको केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताए ।
पार्टीका शीर्ष नेताहरु उपराष्ट्रपतिको शपथ कार्यक्रममा जानुपर्ने भएकाले आजको बैठक स्थगन हुनाका साथै सोमबार बिहान ८ बजे बस्ने तय भएको छ ।
महाधिवेशन तयारीका लागि काँग्रेसले सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठनका लागि प्रस्ताव गरिएको बताइएको छ ।
संविधान जारी भई नयाँ सरकार गठन भएपछि समीक्षा गर्न र महाधिवेशन तयारीका विषयमा छलफल गर्न भनी बैठक डाकिएको काँग्रेसले जनाएको छ । पार्टीको आगामी महाधिवेशन फागुन २० देखि २३ गतेसम्म हुँदैछ । तेहौँ महाधिवेशन तयारीका लागि छलफल जारी रहनेछ ।
संविधान जारी भएपछि राज्यका प्रमुख पदमा काँग्रेसले दिएको उम्मेदवारी र अघोषित नाकाबन्दीको विषयमा पनि छलफल हुने बताइएको छ ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया