काठमाडौँ, १५ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि सरकार लचिलो रहेको भनी आजै हुने वार्तामा आश्वस्त पारिने भएको छ । बैठकपछि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार वार्तामा लचिलो हुने तर राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने गरी सर्त मान्न तयार नहुने बताए ।
सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेता रहेको सो समितिले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको छ । सरकारी वार्ता टोली र मोर्चाको टोलीबीच आज अपराह्न ४ः०० बजे वार्ता हुँदैछ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलन र वार्तालाई लम्ब्याउँदा जनतामा कष्ट थपिँदै जाने भएकाले वार्तामा अधिकतम लचकताका साथ माग सम्बोधन गर्न सरकार तयार हुने बताए । उनले मोर्चाले राखेका पक्राउ परेका आन्दोलनकारीलाई मुद्दा फिर्तालगायत पाँचबुँदे सर्त कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठक बसेको थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता