
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताए ।
दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको उनले बताए । उनले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उनले पु¥याएको योगदानलाई संस्थागत गर्न हो भने ।
उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले देखाउनुभएको सकारात्मक भूमिका अतुलनीय रहेको ओलीको भनाइ थियो ।
हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।
निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उनको भनाइ थियो ।
सशस्त्र सङ्घर्ष, शान्ति प्रक्रिया संविधान लेखनलगायत घटनाक्रम विश्वका लागिसमेत अनुकरणीय र असाधारण दृश्य भएकाले यसलाई अझ समृद्ध पार्नु प्रमुख कार्यभार रहेको ओलीको भनाइ थियो ।
बैठकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया, संविधान लेखनलगायत काममा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकाले सबैको सहयोग प्राप्त हुने धारणा राखे ।
उनले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवारको विजय आवश्यक रहेको बताए ।
नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कमाण्डरको रुपमा मात्रै नभई शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन देखाउनुभएको सक्रियता र इमान्दार प्रयत्न नै उपराष्ट्रपतिका साझा उम्मेदवार पुनको विशेषता भएको बताए । सत्तारुढ गठबन्धनमा १५ दलको सहभागिता रहेको र सांसद्को सङ्ख्या ३३६ रहेकाले पुनको विजयी भइसकेको भएपनि निर्वाचनको परिणाम कुर्नुपर्ने नेता खनालको भनाइ थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहो¥याउन सांसदलाई निर्देशन दिए । राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न उनले आग्रह गरे । मन्त्री खरेलले ‘अशक्त अवस्थामा पनि मुलुकभित्रै उपचार गराउँछु, विदेश जान्न’ भनेर उपराष्ट्रपतिका उम्मेदवार पुनले देखाएको राष्ट्रिय भावना सबैको लागि अनुकरणीय रहेकाले त्यसमा ध्यान दिन आग्रह गरेका थिए ।
पुनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरी छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा