
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सरेकी छन् ।
आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गरेकी हुन् । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गरेकी छ्न् ।
उनी यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आएकी थिइन् । पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वोच्च पदमा पुगेकामा खुसी लागेको बताइन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता