काठमाडौँ, १२ कात्तिक । चीनले नेपालको राष्ट्रपतिमा नेकपा(एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकामा बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आज बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली जनताले राष्ट्रपति भण्डारी र नेपाल सरकारसँग मिलेर नेपाललाई शान्तिपूर्ण, स्थिर र समृद्ध मुलुक बनाउने विश्वास व्यक्त गरे ।
आफ्नो मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने नेपालको प्रयासको समर्थन गर्दै चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
उनले एक प्रश्नको उत्तरमा भने “नेपाली पक्षको अनुरोधमा चिनियाँ सरकारले नेपालका लागि निश्चित परिमाणको इन्धन आपत्कालीन सहायताका रुपमा नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ, जसले गर्दा इन्धनको कमीबाट भएको समस्या कम गर्न नेपाललाई सहयोग मिल्नेछ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता