कतार सरकारले उसको देशमा बेपत्ता भएका नेपालीमुलका दुई बेलायती मानवअधिकारवादीहरुको बारेमा बेलायत सरकारसँग थप जानकारी माग गरेको छ । बेलायती दुतावासले त्यस विषयमा औपचारिक जानकारी नगरेको कतार सरकारले जनाएको छ । कतारको विदेश मन्त्रालयले बेपत्ता रहेका उनीहरुको खोजीलाई तीव्र पार्न थप जानकारी बेलायती सरकारबाट मागिएको जनाएको छ । ‘कतार विदेश मन्त्रालयको जवाफ प्राप्त गरेका छौं । त्यो निकै नम्र र कुटनीतिक प्रकारको छ । त्यसमा उनीहरुको विस्तृत विवरण प्राप्त भए उनीहरुसँग(कृष्ण र गुणदेव)सँग तिम्रो(जिएनआरडी) संवाद गराउन सक्ने थियौ भनिएको छ,’ ग्लोबल नेटवर्क फर राइट एन्ड डेभ्लोप्मेन्ट(जिएनआरडी)ले पठाएको इमेलमा भनिएको छ । यसअघि दुवैको अवस्थाको बारेमा तत्काल सार्वजनिक गर्न सहयोगको माग गर्दै जिएनआरडीले कतार सरकारलाई पत्र पठाएको थियो । नर्वेमा मुख्यालय रहेको गैर सरकारी संस्थाका लागिका लागि काम गर्न अगस्ट २७ मा कतार पुगेका मानवाअधिकारवादी कृष्ण उपाध्याय(५२) र गुणदेव घिमिरे(३६) गत आइतबारदेखि बेपत्ता छन् । उनीहरु कतारमा रहेका आप्रवासी कामदारको अवस्थाको बारेमा अनुसन्धान गर्न त्यहाँ पुगेका थिए ।
यसअघि घिमिरेको परिवारसँग भेट्न पुगेकाहरुलाई परिवारिक स्रोतले उनीहरु कतारी हिरासतमा सकुशल रहेको जानकारी प्राप्त भएको जनाएको थियो । उपाध्यायले नर्वेस्थित हेडक्वाटरलाई टेक्स्ट म्यासेज पठाउँदै फोटोग्राफर घिमिरेलाई सादा पोशाकमा रहेका कतारी प्रहरीले पिछा जानकारी गराएका थिए । त्यसपछि जिएनआरडीले दुवै जनालाई तत्काल कतार छाड्न सल्लाह दिएको थियो । सो सस्थाले उनीहरुको अवस्था बारेमा बुझ्नका लागि कतारस्थित बेलायती दुतावास र संयुक्त राष्ट्र संंघीय मानवअधिकारको उच्चयुक्तको कार्र्यालयमा सम्पर्क गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनले दुवैको अवस्था बारे चासो व्यक्त गरेको छ । एम्नेस्टीेले कतारमा नेपाली कामदारको अवस्था अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्ता उपाध्याय र फोटोग्राफर घिमिरे अगस्ट ३१ मा होटल छाडेपछि नदेखिएको जनाएको छ ।

कतारमा वेपत्ता रहेका नेपाली मुलका बेलायती मानवअधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरेको शिघ्र रिहाईको माग गर्दै ब्रसेल्सस्थित कतारी दुतावासअघि शुक्रबार प्रदर्शन जिएनआरडी-ब्रसेल्सका कर्मचारीहरु । तस्वीर सौजन्य : जिएनआरडी
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल