
बेइजिङ, १७ भदौ । चीनले बिहीबार विजय दिवस मनाएको छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ ।
बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले सो विजय दिवसको अवसरमा विशेष परेड प्रदर्शन गरेका छन् । त्यस्तै चिनियाँ जनमुक्ति सेनाले यस अवसरमा विभिन्न कला कौशलहरू प्रदर्शन पनि गरिरहेका प्राप्त समाचारमा जनाइएको छ ।
त्यसैगरी चिनियाँ राजधानी सहरबाट प्राप्त पछिल्लो समाचारमा बिहीबार चिनियाँ राष्ट्रपति सि जिनपिङले बिहीबार बिहान उक्त कार्यक्रमको उद्घाटन गरेपछि उक्त कार्यक्रमको सुरुवात गरिएको थियो ।
त्यसपछि सुरु भएको सैनिक परेड बिहीबार दिनभरि जारी रहेको छ । उक्त प्रदर्शनीको नजर गर्न विश्वका कयौँ देशका सरकार तथा राष्ट्रप्रमुखहरू पनि पुगेका छन् ।
चीनमा बिहीबार सुरु भएको सो विशेष परेड हेर्न विश्वका ३० देशका नेताको सहभागिता रहेको जानकारी चीनले दिएको छ । त्यसमध्ये इजिप्टका राष्ट्रपति अब्देल फताह शिशी पनि एक हुनुहुन्छ ।
चीनले जापानमाथि विजय हासिल गरेको यो ७० औँ वर्ष हो । त्यसैले चीनले यस वर्ष ७० औँ विजय दिवसका रूपमा मनाएको हो ।
सैनिक परेडको सुरुमा दोस्रो विश्वयुद्धमा लडेका करिब ९० वर्षको हाराहारीका केही चिनियाँ सैनिकले सो चीनको झण्डा समातेर घोडचढीमा प्रदर्शन गरेका थिए ।
दोस्रो विश्वयुद्ध झल्किने किसिमले प्रदर्शन गरिएको दृश्यले सबैको ध्यान तानेको प्राप्त समाचारमा जनाइएको छ ।
तियानमेन स्क्वायरमा दोस्रो विश्वयुद्ध लडेका करिब एक सय जना सैनिकलाई अघि लगाएर विभिन्न आभूषणका साथ प्रदर्शन गरेका थिए ।
यस कार्यक्रममा निकै जोडका साथ ताली बजेको थियो । उक्त प्रदर्शनीमा उपस्थित हजारौँ व्यक्तिले उक्त दृश्यको स्वागत गरेका थिए ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल