काठमाडौं, भदौ १५ (नागरिक)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा विश्व अर्थशास्त्रलाई बाटो देखाउने ‘प्रभावशाली २५ युवा अर्थशास्त्री’ को सूचीमा नेपाली मूलका पराग पाठक पनि परेका छन् ।
३४ वर्षीय पाठक अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा एसोसियट प्रोफेसर छन् ।
‘आगामी दशकमा विश्वको अर्थतन्त्रबारे बुझ्न ४५ वर्षभन्दा कम उमेरका यी अर्थशास्त्रीको भूमिका सबैभन्दा प्रभावशाली हुनेछ,’ आइएमएफले भनेको छ । हार्बड विश्वविद्यालयबाट सन् २००७ मा विजनेश इकोनोमिक्समा पिएचडी गरेका पाठकलाई सन् २०१२ मा ह्वाइट हाउसले ‘प्रेसिडेन्सियल अर्ली क्यारिअर अवार्ड’ प्रदान गरेको थियो । यो अवार्ड प्रारम्भिक चरणको क्यारियरका लागि प्रदान गरिने सबैभन्दा ठूलो अमेरिकी पुरस्कार हो । काठमाडौं डिल्लीबजार पुख्र्यौली घर भएका परागका पिता सत्तरीकै दशकमा अमेरिका गएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा